
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार झिनो अंकले मात्रै सकारात्मक बनेको छ ।
बिहान बढेर २८११ सम्म पुगेको नेप्से दिनभरको उतार चढावकापछि अन्तिममा ६ दशमलव ७ अंकले बढ्दै २७६६ दशमलव ३८ विन्दुमा रोकिएको छ ।
बुधबारको तुलनामा कारोबार रकममा पनि थोरै सुधार आएको छ । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक उपसमूहमा ५ दशमलव ८७ अंकको वृद्धि आएको छ भने लगानी उपसमूह १ दशमलव ३३ प्रतिशतले बढेको छ । अन्य सात वटा उपसमूह घट्दा चार वटा उपसमूह झिनो अंकले सकारात्मक रहेका छन् ।
बिहीबारको बजारमा सिमेन्ट उद्योगहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शिवम्, सोना, सर्वोत्तम र घोराही सिमेन्टको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ भने कर्णाली विकास बैंकको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । बिहीबार नआरएन इन्फ्रास्टचर एण्ड डेभेलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
बिहीबार ३२२ स्टकको ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर २० अर्ब ७ करोड ४ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा बिहीबार शिवम् सिमेन्टको सर्वाधिक १ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्