२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गभर्नरले वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याउनुभयो : पूर्वमन्त्री पुन


1.521k
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई गभर्नरले साथ नदिएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पुनले अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको दाबी गर्नुभयो । उहाँले भन्ने मान्छेको मुख थुन्न नसकिने भएपनि बाहिर बसेर हेर्दा कहीँ न कहीँ गभर्नरको भुमिका त्यही देखिएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पुनले धितोपत्र बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको बताउनुभयो । उहाँले शेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भएपनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो भएको बताउनुभयो । उहाँले पुँजी बजारको सन्दर्भमा पारदर्शी कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री पुनले उहाँले पूर्वअर्थमन्त्री डा.महत र आफ्नो कार्यकाल अध्यक्ष नियुक्त नगर्र्दा सकिएको भन्दै अहिलेको अर्थमन्त्रीले पनि सक्ने/नसक्ने हेर्न बाँकी रहेको बताउनुभयो । उहाँ वर्तमान सरकारले धितोपत्र बोर्डको अध्यक्ष कुनै चलखेल र बद्मासी विना उपयुक्त गर्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री पुनले बोर्ड अध्यक्षमा योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो । उहाँले धितोपत्र बोर्ड रोकिरहेको आईपीओ तत्काल खोल्न पनि आग्रह गर्नुभयो । उहाँले आईपीओ रोकिराख्नु राम्रो नभएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी आईपीओ नरोक्न आग्रह गर्नुभयो ।