२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कांग्रेस केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने


260
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ ।

बुधबारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो ।

बिहीबारको बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधवार प्रस्तुत भएका ११ वटा एजेण्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रिय समितिका सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो ११ वटा एजेण्डा छलफलका लागि केन्द्रिय समितिको बैठकमा प्रश्तुत भएको थियो । तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोल्नुभयो । केन्द्रिय समितिका साथीहरुले पनि बोलन थाल्नुभएको छ । भोलि र पर्सि पनि यो बैठकले निरन्तरता पाउँछ । २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ । जुन संरचनाको जिम्मेवारीमा साथीहरु हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वभाविक नै भयो ।’

प्रवक्ता महतले प्रदेश प्रमुखहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गर्नुभएको पनि बताउनुभयो ।