
काठमाडौँ । सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूतहरु सिफारिस गरेको थियो ।
सुनुवाइ प्रक्रिया शुरु गर्नका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार दिउँसो सवा १२ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
आइतबार परराष्ट्र मन्त्रालयले प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्