९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


संघीयता, गणतन्त्र र समावेशीता मास्ने गरी संविधान संशोधन हुन्न : प्रधानमन्त्री ओली


195
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहमतीमा मात्रै संविधान संशोधन गरिने बताउनुभएको छ ।

सबै दलले कठिन संघर्ष गरेर संविधान निर्माण गरेकाले त्यसको कार्यान्वयन र परिमार्जन पनि उनीहरुबीचकै सहमतीमा मात्रै हुने प्रधानमन्त्री ओलीको तर्क थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउने उद्देश्यका साथ संविधान संशोधन हुने स्पष्ट पार्नुभयो ।संविधानलाई सर्वस्वीकार्यता बनाउने प्रयास अन्तर्गत संविधान संशोधन गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले संघीयता, गणतन्त्र र समावेशिता मास्ने गरी संविधान संशोधन गर्न नसकिने मान्यतामा आफूहरु अडिग रहेको दोहो¥याउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसहित जनस्तरमा, संविधानविद्हरुका बीचमा व्यापक छलफल गरेर मात्रै संविधान संशोधनको विषय अघि बढने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार संविधान संशोधन हुने भएकाले त्यसमा विदेशी नक्कल गर्न नसकिने पनि बताउनुभयो ।