२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस नामको मात्रै लोकतन्त्रवादी भयो : सांसद सुवेदी


0
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिले दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गर्नुभयो ।

अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे सोच्न पनि आग्रह गर्नुभयो । उहाँले संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न सुझाव दिनुभयो । उहाँले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमँ जान आग्रह गर्नुभयो । महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताउनुभयो ।

सांसद सुवेदीले सरकार अस्थिर भयो भनेर दुई तिहाईको सरकार बनाएको भन्न नमिल्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस नामको मात्रै लोकतन्त्रवादी बनेको आरोप लगाउनुभयो ।