
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साहित्य विधाबाट समाजमा योगदान दिएकाहरुलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोईरालाको ९६ औं जन्मजयन्ती तथा ३१ औं स्मृति सभा एवं कुलचन्द्र कोईराला राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री सिंहले साहित्यमा योगदान गर्नेहरुलाई राज्यले पनि स्मरण गरी सम्मान गरिरहेको बताउनुभयो । उहाँले समाजलाई योगदान दिनेहरु सबैलाई सम्मान गर्न जान्नुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले साहित्यिक क्षेत्रबाट समाजलाई धेरै योगदान गर्न सकिने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्