२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


286
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो । उहाँले कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताउनुभयो । गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा हामिनु महत्वपूर्ण भएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताउनुभयो ।