२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टी फुटाउन ममाथि लागेको आरोपको खण्डन अध्यक्ष आफैँले गर्नुपर्छ : जनार्दन शर्मा


1.118k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताउनुभएको छ ।

पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष दाहाललाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ रु भनि प्रश्न पनि गर्नुभयो ।

शनिबार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुनुभएको थियो । सोही कार्यक्रममा बोल्दै जनार्दन शर्माले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

जनार्दन शर्माले अध्यक्ष दाहालतिर फर्कंदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताउनुभयो । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रश्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टिकरण थियो । उहाँले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो ।

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरेपनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो ।