६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कांग्रेस र एमाले एक ठाउँमा उभिनु नै असाधारण परिस्थिति : मन्त्री पाण्डे


1.755k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देश ठूलो जर्जरतामा रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित खौं पर्वको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

मन्त्री पाण्डेले राजश्वले अब चालु खर्च नधान्ने स्थिति रहेको र पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च बढेर गएको बताउनुभयो । उहाँले जसले देशको अर्थतन्त्र भित्रबाट जर्जर रहेको बताउनुभयो । उहाँले कांग्रेस र एमाले एक ठाउँमा उभिनु नै असाधारण परिस्थिति भएको बताउनुभयो ।

मन्त्री पाण्डेले असाधारण परिस्थितिमा काँग्रेस र एमालेले मात्रै नभइ सबै राजनीतिक दलहरु मिलेर राष्ट्रिय संकटको सामना गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीले पनि हक र अधिकारको कुरा मात्रै नभइ कर्तव्यको कुरा गर्नुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले सबै युवाहरुले पनि कर्तव्यवोध गर्नुपर्ने बताउनुभयो । उहाँले देशी तथा विदेशी पर्यटक भित्र्याउन नेपालले नेपाल सुरक्षित छ भन्ने आभाष दिलाउन सक्नुपर्ने बताउनुभयो । उहाँले नागरिक उड्डयन पनि विश्वसनीय सेवा हुनुपर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले विविधतापूर्ण संस्कृति र प्रकृतिबाट नेपालले धेरै फाइदा लिनसक्ने बताउनुभयो ।