
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा हरेक कुरा सम्भव भएको आभाष वर्तमान सरकारले दिएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित खौं पर्वको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो ।
मन्त्री ठकुरीले सरकारले अब देशमा निराशा बाँड्ने नभइ आश जगाउने काम गरिरहेको बताउनुभयो । उहाँले देशमा केही हुँदैन भन्ने भाष्यलाई नेपालमै सम्भव छ भन्नेकुरा वर्तमान सरकारका काम कारबाहीबाट देखिएको बताउनुभयो । उहाँले वर्तमान सरकार बनेपछि देशमा अहिले आर्थिक क्षेत्र चलायमान भएको बताउनुभयो ।
मन्त्री ठकुरीले देशका हरेक उद्योगपति, लगानीकर्ताहरु उत्साहित रहेको दाबी गर्नुभयो । उहाँले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि प्रतिनिधि सभाबाट पारित भएको बताउनुभयो । शान्ति र दिगो विकासको परिस्थिति अघि बढेको उहाँको भनाइ थियो । सरकारले देशमा अब सुशासन कायम गर्दै विकासका गतिविधि अघि बढाउने र नेपाललाई नयाँ गतिमा लैजाने प्रण गरेको बताउनुभयो ।
मन्त्री ठकुरीले धर्म, संस्कृतिको जगेर्ना गरेमात्रै देश मजबुत हुने बताउनुभयो । जहाँ रहेपनि आफ्नो संस्कृति, संस्कार, धर्म र कर्तव्य भुल्नु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्