२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मंकीपक्सका कारण कंगोमा ५७० को मृत्यु


442
Shares

एजेन्सी । मंकीपक्सको संक्रमणका कारण अफ्रिकी मुलुक कंगोमा मृत्यु हुनेको संख्या ५ सय ७० पुगेको छ । अफ्रिकी मुुलुकहरुमा मात्रै १६ हजारभन्दा बढी संक्रमित छन् ।

अफ्रिकी देशहरुमा लगातार संक्रमण बढेपछि विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको हो ।

यसैबीच, मंकीपक्सको चपेटामा परेको मुलुक कंगोलाई संक्रमणसँग जुध्नका लागि ५० हजार खोप दिने निर्णय गरिसकेको छ । यसैगरी जापानले पनि बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरिसकेको र प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउन अफ्रिकी मुलुक लगायत अन्य राष्ट्रहरुलाई पनि अपिल गरेको छ ।

मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान, अनुगमन र सहयोग नगरेका कारण यसको संक्रमण फैलिएको भन्दै सबैले सचेतना अपनाउन पनि डब्ल्युएचओले आग्रह गरेको छ ।