
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुने भएको छ । भदौ ११ गतेसम्म चल्ने बैठक नयाँ बानेश्वरको एक होटलमा बस्ने जनाइएको छ ।
केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेन्डा तय भएको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।
असारमा सम्पन्न पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो भने पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने काम बाँकी नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्