
पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ मा आज विहान एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
पल्लोटारस्थित जोरपिपल बस्ने नुवाकोट तादी गाउँपालिका ६ का बद्री कुमार पाण्डेका छोरा १५ वर्षिय युवराज पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोवाइल चार्जमा राखेर चलाउँदै गर्दा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्