२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कोशी प्रदेशमा डेंगु संक्रमित बढ्दै


0
Shares

धनकुटा । कोशी प्रदेशमा डेंगुबाट गत बैशाख यता एक हजार भन्दा बढी संक्रमित भएका छन् । कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङमा ४ सय १२ जनामा डेङ्गी संक्रमण भएको छ ।

यस्तै सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १, भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङ्गमा ५, पाँचथरमा ४ र तेह्रथुममा २ जनामा डेंगु संक्रमण देखिएको कोशी निर्देशनालयका अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । डेंगुबाट झापामा एक जनाको मृत्यू भएको समेत निर्देशनालयले जनाएको छ ।

प्रदेशका दुई वटा जिल्ला ताप्लेजुङ्ग र सोलुखुम्बुमा भने अहिलेसम्म डेंगु संक्रमित फेला नपरेको जनाइएको छ । केही वर्ष अघिसम्म तराईमा मात्रै देखिने डेंगु अहिले पहाडी तथा हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ ।