
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी)केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताउनुभएको छ ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र रु भन्दै माओवादी सांसलाई प्रश्न गर्नुभयो । उहाँले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताउनु भयो ।
सांसद ढुंगानाले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको बताउनुभयो । उहाँले कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरु एक भएपछि देशमा परिवर्तन आएको बताउनुभयो ।
सांसद ढुंगानाले देशको परिवर्तनमा सदैव नेपाली काँग्रेसको नेतृत्व रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्