१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सांसद झाको प्रश्न – सरकारका प्रवक्ताले प्रहरी प्रमुखको जिब्रो थुतिदिन्छु भन्नु लोकतन्त्र हो ?


767
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताउनुभयो । उहाँले प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भनि प्रश्न गर्नुभयो । उहाँले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरुलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘लोकतन्त्रको पाँचवटा आधारभुत सिद्धान्तमा पहिलो वाक स्वतन्त्रता हो । एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो । आफ्नो सांगठनिक केही चुनौतीहरु अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतिदिन्छु भन्छ भने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र रु हामीलाई त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरुले सभ्यता सिकाउनु हुन्छ भने आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिला सिकाउनुस् त्यो कुरा ।’

सांसद झाले आफूहरुलाई सभ्यता सिकाउनेहरुले आफ्नै नेताहरुलाई सिकाउन आग्रह गर्नुभयो ।