
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नोबेल शान्ति पुरस्कार दिन माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गर्नुभएको हो ।
अध्यक्ष दाहालले प्रचण्डले समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरुको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने बताउनुभयो । उहाँले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह गर्नुभयो ।
मोदीले जनयुद्धलाई हिंसा भन्नेभए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्