
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु-२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई ५०–५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग ४–१ गोलले पराजित भएको थियो ।
एन्फा बैठकले खेलाडी र अफिसियल दुवैलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । यस्तै, प्रतियोगिताभर विक्री भएको टिकट वापत उठेको रकममो २० प्रतिशत रकम पनि खेलाडीलाई दिने निर्णय गरिएको छ । टिकट विक्री वापतको १५ हजार रुपैयाँ खेलाडीले पाउने छन् ।
यस्तै मुख्य प्रशिक्षकलाई ५० हजार र साहयक प्रशिक्षकहरुलाई जनही २५ हजार रुपैयाँ दिइने भएको छ । टिम म्यानेजर र टिम फिजियोलाई पनि जनही २५ हजार रुपैयाँ दिइने एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्