
काठमाडौं । सामसङको ग्यालेक्सी ए–सिक्स नेपाली बजारमा भित्रिएको छ ।
सामसङको इन्ट्री लेभलको लाइन अपमा ए सिरिज– अन्तर्गत्को नयाँ ए– ओ सिक्स मोडल बजारमा भित्रिएको हो ।
अत्याधुनिक सुविधायुक्त किफायती मूल्यका कारण ए सिरिज पछिल्लो समय अत्यन्त लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।
यो नयाँ मोडलले नेपाली प्रयोगकर्तालाई अझै उत्कृष्ट अनुभूति दिने कम्पनीको विश्वास छ । तीन भेरियन्टमा ६४ देखि १२८ जीबीसम्म क्षमताका यी मोबाइलको मूल्य १५ हजार ५ सय देखि १९ हजार ५ सयसम्म रहेका छन् ।
कम्पनीले यी उत्पादन खरिदमा निशुल्क एडप्टरदेखि वित्तीय सुविधा समेत उपलब्ध गराएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्