
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले नेपाली जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गर्नुभएको हो ।
बुधबार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटव्युरो बैठक समापन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहिनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गर्नुभएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्ध्त गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारप्रति नेपाली जनताको विश्वास बढदै गएको भन्दै त्यसलाई अझै उचाईमा पु¥याउन सरकार लागिपर्ने बताउनुभएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनैपनि खाले निरंकुश, अराजक, अनुशासनहिनता स्वीकार्य नहुने कुरा पनि बताउनुभएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध नेपालः सुखी नेपालीको परिकल्पना अनुसार अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा अघि बढाउनुपर्ने आवश्यकता पनि रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्