
काटमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्रीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरता र आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्