७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ ।