
काठमाडौं । शेयर बजार घट्ने क्रम सोमबार पनि जारी रह्यो ।
बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अंक घटेर २६४६ को विन्दुमा आईपुगेको छ ।
परिसूचकसँगै सोमबार कारोबार रकम पनि घटेको छ । सोमबार विभिन्न कम्पनीको २ करोड १० लाख ४८ हजार कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँमा बराबरमा खरिद बिक्री भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसमूह घट्दा होटल तथा पर्यटन उपसमूह सर्वाधिक २ दशमलव ६७ प्रतिशतले घटेको छ भने बैंकिङ, वित्त, जलविद्युत, जीवन वीमा, निर्जीवन वीमा, लघुवित्त उपसमूह पनि साढे दुई प्रतिशतको दरमा घटेका छन् । विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
सोमबार हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक झण्डै ९ प्रतिशतले बढेको छ भने उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक ७ दशमलव ७८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सोमबार सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक ३७ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्