
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो नीति बनाउने दृढताका साथ आफू अघि बढेको बताउनुभएको छ ।
नेपाल पर्यटन बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले आफ्नो मन्त्रालयले नीति बनाउने जाँगर देखाएन भनेर सुन्न नपर्नेगरी काम गर्ने आश्वासन दिनुभएको हो ।
पर्यटनमन्त्री पाण्डेले आफूले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय राम्रोसँग बुझेको उल्लेख गर्दै अब राम्रो नीति बनाउने कुरामा केन्द्रित हुने बताउनुभयो । उहाँले आफू मन्त्री रहेसम्म नीति बनाउने कुरामा अकर्मण्यता देखायो भन्ने गुनासो सुन्नु नपर्ने बताउनुभयो । उहाँले नीतिगत निर्णय लिनका लागि आफूले प्रधानमन्त्री, अर्थमन्त्रीलगायतसँग छलफल गर्ने कुरालाई पनि तिब्रता दिएको उल्लेख गर्नुभयो ।
पर्यटनमन्त्री पाण्डेले मन्त्रालयको कामलाई सक्रियताका साथ अघि बढाउने पनि बताउनुभयो । कार्यक्रममा बोल्दै बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत जोशीले पर्यटन क्षेत्रको योजनावद्ध विकासमा आफू केन्द्रित हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्