२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा ओरालो यात्रा जारी


1.807k
Shares

काठमाडौं । शेयर बजार ओरालो लाग्ने क्रम बुधबार पनि जारी रह्यो ।

दिनभरको उताचढावकाबीच बजार परिसूचक नेप्से २२ अंक बढीले ओरालो लागेर २६ सय १० मा आएर थामियो ।

बजार घटेसँगै कारोबार पनि घटेको छ । ३ सय १७ वटा कम्पनीको १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँ बराबरमा कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । वित्त, निर्जीवन बीमा र व्यापार समूहबाहेक अरु सबै समूह ओरालो लागे । घटेको बजारमा पनि विन लघुवित्तको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

बुधबार १७४ वटा कम्पनीको मूल्य घट्दा ६६ वटा कम्पनीको बढेको छ ।