१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने


1.82k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओली असोज ४ गते राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत समेत भइसकेको छ ।

प्रधानमन्त्री ओलीले महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयका बारेमा संसदलाई जानकारी गराउन लाग्नु भएको हो ।