७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयर बजारमा ७८ अंकको वृद्धि


169
Shares

काठमाडौं । लगातार ६ दिन घटेको शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन आज उच्च अंकले बढेको छ ।

बिहीबार ७८ अंकले वृृद्धि भएर नेप्से २६ सय ८८ मा बन्द भएको छ ।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार २ सय २९ कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको मात्र घटेको छ ।

म्युचल फण्ड उपसमूह बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । जलविद्युत उपसमूह सर्वाधिक ४ प्रतिशतले बढ्दा लगानी, जीवन बीमा, वित्त र अन्य उपसमूह ३ प्रतिशतले बढेका छन् । यस्तै बैंकिङ्, विकास बैंक, होटल तथा टुरिजम, उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतले बढेका छन् ।

सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, ग्रीन भेन्चर लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जी लगायत कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

थ्रीस्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाखभन्दा बढी कित्ता सेयर ८ अर्ब १६ करोड रुपैयाँमा खरीद विक्री भएको छ ।

कारोबार रकमको आधारमा आज सीईडीबी हाइड्रोको सर्वाधिक ४७ करोड ६५ लाख भन्दा बढीको शेयर खरिद विक्री भएको छ ।