
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा समितिको सभापति निर्वाचन हुनेछ ।
सभापतिका लागि नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारी दिएका छन् । एमालेले तुलसाकुमारी दाहाललाई उम्मेदवार बनाएको छ भने एकीकृत समाजवादीले जयन्तीदेवी राईलाई सभापतिको उम्मेदवार बनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पनि सभापतिको निर्वाचन हुनेछ । समितिको सभापतिका लागि नेकपा (माओवादी केन्द्र)को एकल उम्मेदवारी परेकाले माओवादी केन्द्रको तर्फबाट मायाप्रसाद शर्मा निर्विरोध चयन हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्