२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रास्वपाको राष्ट्रिय भेला आजदेखि शुरु हुँदै


338
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेला आजदेखि शुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहान ९ बजेदेखि शुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ ।

भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

भेलाले राष्ट्रिय अभियान घोषणा गर्ने र प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा देशभरबाट पन्ध्र सयभन्दा बढी प्रतिनिधि काठमाडौँ आएको रास्वपाले जनाएको छ ।