१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त


663
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कार्कीले बुधबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभाका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार चलाइरहेका कारण मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउनुभयो । कार्कीको पक्षमा ६६ मत प्राप्त हुँदा विपक्षमा १५ मत मात्रै परेको थियो ।

नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि कार्कीले बुधबार फेरि विश्वासको मत लिनुभएको हो ।