२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायलबाट हिजबुल्लाहका सैन्य अखडामा भीषण बमबारी


0
Shares

एजेन्सी । लेवनानको लडाकु संगठन हिजबुल्लाहका लडाकुहरुले बोक्ने पेजर र वाकीटकी विष्फोट भएको घटनापछि इजरायल र हिजबुल्लाहबीच क्षेप्यास्त्र हानाहान भएको छ ।

इजरायलले गएराती दक्षिणी लेबनानस्थित हिजबुल्लाहका सैन्य अखडाहरु लक्षित गरी बम वर्षा गरेको हो ।

इजरायली प्रतिरक्षा सेनाले कम्तिमा सय वटा क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ । ती क्षेप्यास्त्र ईजरालयतर्फ प्रहार गर्न तयारी अवस्थामा राखेको बेला हवाइ आक्रमण गरी नष्ट गरिएको इजरायली सेनाले जनाएको छ ।

इजरायली आक्रमणलगत्तै हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ करीब डेढ सय क्षेप्यास्त्र प्रहार गरेको छ । हिजबुल्लाहको आक्रमणका कारण इजरायलमा आपत्कालिन साइरन बजाइएको थियो । हिजबुल्लाह नेता हसन नसरुल्लाहले इजरायली आक्रमणको बदला लिने घोषणा पनि गरेका छन् । उनले लेबनानी टेलिभिजनबाट बदला लिने उद्घोष गर्दै गर्दा लेबनानी आकाशमा इजरायली बम वर्षक विमानहरु उडिरहेको जनाइएको छ । गत मंगलबार हिजबुल्लाह सदस्यहरुले बोकेका पेजर विस्फोट हुँदा कम्तिमा एक दर्जन बढीको मृत्यु भएको थियो भने २८ सय घाइते भएका थिए ।

यस्तै बुधबार वाकीटकी विष्फोट हुँदा करीब ४० जना मारिएका थिए भने सयौं घाइते भएका छन् । यी दुई घटनापछि हिजबुल्लाह समूहमा आतंक मच्चिएको छ भने इजरायलले अहिलेसम्म सो विषयमा टिप्पणी समेत गरेको छैन ।