४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

सहकारी व्यवस्थापन समितिमा दैनिक दुई सय जनाको उजुरी


429
Shares

काठमाडौं । बचत कर्ताहरुको रकम हिनामिना गरेका विभिन्न सहकारी पीडितहरु अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा धाउने क्रम बढेको छ ।

समितिले देशका २२ वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सुचीमा समावेश गरेपछि सहकारी संस्थामा दैनिक २ सय जनाको हाराहारीमा बचतकर्ताहरु उजुरी लिएर आउने गरेका छन् । कनै पनि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी अपचलन गरेको अवस्थामा २५ जनाको समुहले एकसाथ उजुरी दिएको खण्डमा सम्बन्धित सहकारीका सञ्चालक समितिका प्रत्येक ब्यक्तिलाई बोलाई अपचलनका बारेमा सोधपुछ गर्दा अपचलन गरेको ठहर भएमा समस्याग्रस्त सहकारीको रुपमा परिभाषित गर्ने गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतमले जानकारी दिनुभयो ।

समितिले समस्याग्रस्त घोषित सहकारीका कागजात र सफ्टवेर समेत जफत गरी ती सहकारीबाट ऋण लिने ऋणीहरुको नाममा समेत सुचना जारी गरी ऋण असुलीको काम गरिरहेको छ । देशभरका सहकारी पीडितहरुले आफुहरुले जोहो गरी जम्मा गरेको रकम फिर्ता नपाएपछि रकम फिर्ता हुने आशामा समितिमा धाउने गरेका हुन् ।