
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेस नेता अजयकुमार चौरसियाले कांग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन नसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो ।.
मन्त्री चौरसियाले कांग्रेस र लोकतन्त्रमाथि पटकपटक आक्रमण भएपनि कांग्रेस झनै बलियो बनेर उभिएको बताउनुभयो । उहाँले शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट नेपाली कांग्रेस पार्टी बनेको भन्दै कांग्रेसमाथि जति प्रहार हुन्छ त्यति नै सशक्त हुने जिकिर गर्नुभयो । उहाँले कांग्रेसहरु सबै मिलेर जाने हो भने तीन तहकै सरकारको नेतृत्व आगामी निर्वाचनबाट कांग्रेसले गर्ने दाबी गर्नुभयो ।
नेपालमा अहिले तीन तहको सरकार रहेको उल्लेख गर्दै राम्रो काम गरेर जनतालाई सुविधान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्