२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीको हरिपुर्वामा गोली प्रहार गरि एकको हत्या, अर्को घाइते


1.04k
Shares

सर्लाहीको हरिपुर्वामा गोली प्रहार गरि एकको हत्या, अर्को घाइते

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा एक युवकले गोली प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

हरिपूर्वा नगरपालिका ५ घर भएका धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । गोलीबाट धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटनामा प्रयोग भएको सानो हतियारको २ राउण्ड खोका र १ मिस राउण्ड फेला परेको छ । गोली हान्ने व्यक्ति घटनास्थलबाट फरार भएको छ ।

चित्रलेखा यादवको घटनास्थलमा नै मृत्यु भएको र रामदिनेश रायलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । रायको स्वास्थ्य अवस्था मध्यम रहेका जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।