
काठमाडौं । शेयर बजारको वृद्धि एक दिन पनि टिक्न सकेन ।
बुधबार ४९ अंकले बढेको बजार बिहीबार पुनः आरोलो लागेको छ ।
बिहीबार बिहान केही बेर बढेको बजार दिनको उतार चढावपछि ३२ अंकले घटेर २४ सय ८६ विन्दुमा बन्द भएको छ ।
बिहीबार उत्पादन तथा प्रशोधन उपसमूह र व्यापार उपसमूहमा सामान्य बृद्धि भएको छ भने बाँकी सबै उपसमूह राताम्मे भएका छन् । बिहीबार ३८ वटा कम्पनीको मात्र शेयरमूल्य बृद्धि हुँदा २ सय २ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
बिहीबार ३२२ वटा कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । बिहीबार विन नेपाल लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ९ दशमलव ८५ प्रतिशतले बढेको छ भने ग्रिन भेन्चर लिमिटेड शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा बिहीबार अपि पावरको सर्वाधिक ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्