
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभएको हो ।
गृहमन्त्री लेखकले अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताउनुभयो । उहाँले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गर्नुभयो । उहाँले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभयो । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराउनुभयो । उहाँले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताउनुभयो ।
गृहमन्त्री लेखकले नागरिकको जीवन जोगाउन र सुरक्षित राख्न काममा खटिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्