
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यस्तै ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।
शनिबार रातिसम्ममा मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको बताइएको छ । मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जनाको उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्