७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दुई संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जस अनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदुतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदुतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।