
काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा सोमबार उच्च अंकको सुधार आएको छ ।
सोमबार ४४ अंकले बढेर नेप्से २५ सय माथि पुगेको छ । तर कारोबार रकम भने थप खुम्चिएको छ ।
सोमबार म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहमा हरियाली छाएको छ भने वित्त समूह सर्वाधिक ४ प्रतिशतले बढेको छ । यस्तै होटल तथा पर्यटन र उत्पादन समूहमा ३ प्रतिशत माथिको बृद्धि आउँदा अरु समूहहरुमा पनि १ प्रतिशत माथिको सुधार आएको छ ।
सिईडीबी हाइड्रोपावर विकास कम्पनी लगायत करिब आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार २ सय १० कम्पनीको शेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ । सोमबार ३ सय १९ कम्पनीको ९७ लाख कित्ता शेयर ३ अर्ब ७१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यस आर्थिक वर्षमा आज सवैभन्दा कम कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्