८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बाढी–पहिरोबाट हालसम्म २३३ जनाको मृत्यु


351
Shares

काठमाडौं । केही दिनअघि परेको लगातारको वर्षाले आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २३३ पुगेको छ । यस्तै बाढी पहिरोबाट २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्गको मर्मत गरी यातायातका साधन सञ्चालन गर्न प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।
छ ।