८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भारतको अवैध पटाका कारखानमा बिस्फोट हुँदा ५ जनाको मृत्यु


0
Shares

एजेन्सी । भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ ।

बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँचनजना घाइते हुनुका साथै एकजना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन । बिस्फोटमा एक महिला, दुई बालकसहित अन्य २ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

यसैगरि विस्फोटले पाँँचवटा घर भासिएको बताइएको छ । प्रहरीले बिना लाइसेन्स चलाइराखेको पटाका कारखानामा भएको लापरवाहीका कारण विस्फोट भएको जनाएको छ ।