२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वाधार विकास समितिको बैठक बस्दै


156
Shares

काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गहरुमा परेका असरका विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सोही अविरल वर्षाका कारण जलविद्युत आयोजनाहरुमा परेका असर लगायतका विषयमा छलफल हुने जनाइएको छ ।