२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका ग्रहण


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टिका ग्रहण गर्नुभएको छ ।

शनिबार राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गर्नुभएको हो ।

साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुग्नुभएको थियो । आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइदिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैंको टिका सर्वसाधारणलाई नलगाइदिने बताउनुभएको छ ।