२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दशैंमा पनि विदेशिनेहरुको लर्को


0
Shares

काठमाडौं । वडा दशैंमा पनि वैदेशिक रोजगारीका लागि विदेशिनेहरुको लर्को लागेको छ ।

वडा दशैंको मुख्य दिन विजया दशमी (शनिवार) को दिन पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेको हो ।

विजयी दशमीको तयारी घरघरमा भईरहेको क्षणमा पनि नेपालीहरु रोजगारीका लागिस्वदेश छोड्न विवश छन् । दशैं नेपालीहरुको महान चाड हो । यस पर्वमाविशेष गरेर मान्यजनको हातबाट टिका थापेर आशिर्वाद लिने गरिन्छ । तर वैदेशिक रोजगारीका कारण धेरैजसो नेपालीहरुले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने दशैंमा पनि परिवारबाट छुटने क्रम बढ्दो छ ।

विजया दशमीको दिनमा पनि त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक भन्दा वाह्य उडानको चाप देखिएको छ । देशमा रोजगारीको अवसर नभएपनि नेपालमा विदेशिनेहरुको संख्या प्रतिदिन बढ्दै गएको छ. । नेपालमा सरदर हरेक दिन १५ सयदेखि २५ सयसम्म मानिसहरु विदेशिने गरेको पाइएको छ । सरकारले रोजगारीका लागि अवसर सृजना गरे त्यो क्रम निश्चय नै रोकिने थियो ।