१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंमा जुम्लामा १६ करोड बढीको खसीबोकाको कारोबार


0
Shares

काठमाडौं । यस वर्ष जुम्लामा दशैंको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीको खसीबोका, भेडालगायतको कारोबार भएको छ ।

सदरमुकाम खलंगा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखाले जनाएको छ ।

जिल्लाभित्र र जिल्ला बाहिरबाट ल्याइएका गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका हुन् । १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।

स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम आठ हजार रहेकामा औसत १६ हजारमा बिक्री भएको जनाइएको छ । यस्तै अधिकतम मूल्य ५० हजार र न्यूनतम २६ हजारमा किनबेच भइरहेको राँगाभैँसी औसत ३८ हजारमा बिक्री भएका थिए ।