
काठमाडौं । प्रमुख राजनीतिक दलहरुले यस वर्ष दशैँ, तिहार, छठ र नेपाल संवतका अवसरमा चियापान कार्यक्रम नगर्ने भएका छन् ।
दशैं नजिकिँदै गर्दा आएको प्राकृतिक प्रकोप बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएकाले प्रमुख दलहरुले चियापान कार्यक्रम नगर्ने भएका हुन् । राजनीतिक जमघट हुने चियापान र शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष सबै दलले स्थगन गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, र एकीकृत समाजवादी पार्टीले बाढीपहिरो पीडितलाई थप पीडा हुने गरी औपचारिकरूपमा दशैँ शुभकामना कार्यक्रम नगर्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । विगतमा भने केन्ददेखि जिल्ला तहसम्म शुभकामनाको कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्