
काठमाडौं । आज दशैं टीकाको तेस्रो दिन ।
मान्यजन र आफन्तकसँग टीका र जमरा लगाउनेक्रम आज पनि जारी रहेको छ ।
विजया दशमीको दिनमा टिका लगाउन नभ्याएकाहरूले टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै जारी रहन्छ ।
पश्चिम नेपालको कतिपय स्थानमा भने विजया दशमीको दिन मात्र टीका लगाउने चलने पनि छ । घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ ।
यसैबीच, दशैं मान्न गएकाहरु धमाधम काठमाडौं फर्कन थालेका छन् । गाउँ गएकाहरु फर्कने क्रम सुरु भएसंगै उपत्यकामा चहलपहल बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्