१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेलधुरामा बस दुर्घटना, चार जनाको मृत्यु


0
Shares

काठमाडौं । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडी गइरहेको रात्रिबस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।