
काठमाडौं । डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
११ जना घाइते भएका छन् । अमरगढी नगरपालिका–७ को खसरेखानमा गएराति ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मध्ये चार जना एकै परिवारका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोरा, बैतडी पुर्चौडी नगरपालिका १० की ६० बर्षिया गोवणी महराको मृत्यु भएको जानकारी दिनुभयो ।
बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो । दुर्घटनामा घाइते भएका ११ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्